Loktantra Khabar National Weekly
Ad

एभरेष्टलाई सातौं राष्ट्रपति रनिङ शिल्ड

लोकतन्त्र खबर
१५ माघ २०८२

जुटपानी, १४ माघ – सातौं लालबन्दी नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता हिजो सम्पन्न भएको छ ।

लालबन्दी नगरपालिकाको आयोजनामा आइतबारदेखि लालबन्दी २ नवजीवन विद्याश्रम माध्यमिक विद्यालय जुटपानीको प्राङ्गणमा आयोजित प्रतियोगिता हिजो सम्पन्न भएको हो । प्रतियोगितामा १४ स्वर्णसहित एभरेष्ट एकेडेमी लालबन्दी ५ पहिलो भएको छ । यस्तै ७ स्वर्णसहित प्रतियोगिताको संयोजन गरेको नवजीवन विद्याश्रम माध्यमिक विद्यालय लालबन्दी २ दोस्रो र ३ स्वर्णसहित जनज्योति नमूना माध्यमिक विद्यालय लालबन्दी तेस्रो भएका छन् । प्रतियोगिताका बिजेता विद्यालयहरुलाई राष्ट्रिय सभा सदस्य राधेश्याम पासवान, लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारी, प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुँइटेललगायतले पुरस्कार वितरण गरेका छन् ।

प्रतियोगितामा नगरभित्रका १८ वटा विद्यालयबाट १८ वर्षमुनिका विद्यार्थी सहभागी गराई विभिन्न खेल विधामा प्रतिस्पर्धा गराइएको जनजीवन विद्याश्रम माध्यमिक विद्यालयका प्रधानाध्यापक भलबहादुर अधिकारीले जानकारी दिए । सौजन्य उज्यालो अभियान

 

प्रतिक्रिया दिनुहोस्: