Loktantra Khabar National Weekly
Ad

सर्लाहीमा चिनी उद्योगको मेसिनमा च्यापिएर एक जना मजदुरको मृत्यु

लोकतन्त्र खबर
९ माघ २०८२

मलंगवा – सर्लाहीमा चिनी उद्योगको मेसिनमा च्यापिएर एक जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको धनकौल गाउँपालिका – ४, महिनाथपुर का १९ बर्षिय चुनचुन राय रहेका छन् ।
धनकौल गाउँपालिका – ३, मा रहेको अन्नपूर्ण चिनी उद्योगको खुवा बनाउने मेसिनमा च्यापिएर उनको आज बिहान मृत्यु भएको हो । प्रहरीका अनुसार काम गर्ने क्रममा च्यापिएका रायको घटनास्थलमै मृत्यु भएको हो ।
मृतकको शव परीक्षणको लागि जिल्ला सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पताल मलंगवामा राखिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । सौजन्य धड्कन एफ.एम.

प्रतिक्रिया दिनुहोस्: