Loktantra Khabar National Weekly
Ad

जेनजी आन्दोलनमा १२ हजार बढी सवारीसाधन ध्वस्त, झन्डै १३ अर्बको नोक्सानी

लोकतन्त्र खबर
२८ पुष २०८२

वीरगञ्ज । भदौ २३ र २४ गते जेनजी आन्दोलनका नाममा भएको विध्वंसात्मक गतिविधिका कारण १२ हजारभन्दा बढी सवारीसाधनमा क्षति पुगेको छ ।

आन्दोलनपछि सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानको क्षतिको मूल्याङ्कन र सार्वजनिक संरचनाको पुनर्निर्माण योजना तयार गर्न गठित समितिका अनुसार आन्दोलनको नाममा १२ हजार छ सय ५९ वटा सवारीसाधनमा क्षति पुयाइएको छ ।

जसमा चालू अवस्थाका नौ हजार सात सय २७ वटा र चालू अवस्थामा नरहेका दुई हजार नौ सय ३२ वटा रहेको छ । कुल सवारीसाधनको क्षति रकम भने १२ अर्ब ९३ करोड ६१ लाख रुपैयाँ बराबर रहेको छ ।

क्षति भएका सवारीसाधनमध्ये सबैभन्दा धेरै क्षति कार/जिप/भ्यान समूह र मोटरसाइकलका रहेको छ । ७२ प्रतिशत क्षति कार/जिप/भ्यान समूह र ११ प्रतिशत मोटरसाइकलको क्षति भएको हो ।

हेभी उपकरण र हेभी सवारीसाधनको क्षति रकम तुलनात्मक रूपमा कम भए पनि प्रतिएकाइ क्षति उच्च रहको देखिन्छ । कुल दुई हजार आठ सय पाँच वटा बिमा भएका सवारीसाधनमा बिमा दाबी रकम तीन अब ८८ करोड ३९ लाख रुपैयाँ रहेका देखिन्छ । विशेषगरी कार/जिप/भ्यान समूह र मोटरसाइकलको बिमा भएको छ भने बाँकीको बिमा भएको छैन ।

हेभी उपकरण ५० करोड ९९ लाख, हेभी सवारीसाधन ६५ करोड ६८ लाख, मिनीबस, मिनी ट्रक ८८ करोड २४ लाख, कार/जिप/भ्यान नौ अर्ब ३३ करोड ७२ लाख बराबरको क्षति भएको छ । मोटरसाइकल एक अर्ब ४८ करोड ९० लाख र अन्य सवारीसाधन छ करोड नौ लाख बराबरको क्षति भएको छ । सौजन्य यात्रा डेली

प्रतिक्रिया दिनुहोस्: