चितवनको सिमलतालमा पहिरोले बगाएका दुई बसमध्ये एउटा बस डेढ वर्षपछि फेला परेको छ । २०८१ असारमा सिमलताल पहिरोले बगाउँदा त्रिशुलीमा दुई वटा बस खसेका थिए। खसेका दुई बस मध्ये बालुवामा पुरिएको अस्थामा एउटा भेटिएको हो । चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा २०८१ असार २८ गते शुक्रबार पहिरामा परी त्रिशूली नदीमा बेपत्ता भएका हुन् ।
उक्त दुर्घटनामा वीरगन्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बर र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस असार २८ गते बिहान त्रिशूली नदीमा बेपत्ता भएका थिए । चितवन प्रहरीले अहिले घटनास्थलमा गइरहेको बताएको छ। उक्त दुर्घटनामा बसमा सवार ३५ यात्रु अझैसम्म हराइरहेका छन् । दुई वटा बसमा ६५ यात्रु सवार थिए । सौजन्य जनकपुर टुडे
प्रतिक्रिया दिनुहोस्:

