Loktantra Khabar National Weekly
Ad

क्रिकेट प्रतियोगिताको उपाधि चैनपुरले जित्यो

लोकतन्त्र खबर
२७ पुष २०८२

वीरगञ्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ४ मा आयोजित वडा स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि चैनपुरले जितेको छ ।

शनिवार भएको फाइनल खेलमा महुवनलाई हराउँदै चैनपुरले उपाधि उचालेको हो । महुवनले दिएको १८३ रनको लक्ष्य चैनपुरले १८ ओभरमै पूरा ग¥यो ।

प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथि तथा सखुवा प्रसौनी गाँउपालिकाका अध्यक्ष यशवन्त यादवले उपाधि विजेता चैनपुरलाई नगद ४० हजारसहित ट्रफी र उपविजेता महुवनलाई नगद २० हजार रुपैयाँ पुरस्कार प्रदान गरे ।

सोलकुपुर युवा समाजले आयोजना गरेको प्रतियोगिताको समापन समारोहमा पूर्व प्रदेश सभा सदस्य मन्जुर अन्सारी, वडाध्यक्ष आरिफ अन्सारी लगायताको पनि उपस्थिति थियो । सौजन्य यात्रा डेली

प्रतिक्रिया दिनुहोस्: