Loktantra Khabar National Weekly
Ad

करेलासँग कहिल्यै नखानुहोस् यी चिज

लोकतन्त्र खबर
२७ पुष २०८२

करेला स्वादमा तितो हुन्छ, तर यसको सेवनले रगत सफा मात्र हुँदैन, स्वास्थ्यलाई धेरै फाइदा पनि हुन्छ ।

मधुमेहका लागि करेला रामवाण हो, किनकि यसले चिनीको मात्रालाई बढ्न दिँदैन ।

तपाईंले करेला विभिन्न तरिकाले पकाउन सक्नुहुन्छ, तर केही खाद्य पदार्थहरूसँग यसको सेवन गर्नबाट बच्नुपर्छ, किनकि यसमा भएका पोषक तत्त्वहरू र स्वादले केही चीजहरूसँग नकारात्मक प्रतिक्रिया गर्न सक्छ ।

करेलासँग खान नहुने खाद्य पदार्थ
मिठा फलफूलहरूको सेवन करेलासँग गर्नुहुँदैन । एक रिपोर्टकोअनुसार करेला खाँदा मिठा फलहरू जस्तै – आँप, केरा आदिको सेवनबाट बच्नुहोस् । किनकि करेला तितो हुन्छ। यदि तपाईंले मिठा फल खानुभयो भने तितो र गुलियो स्वादको मिश्रणले खानाको स्वाद मात्र बिगार्दैन, पेटलाई पनि हानि पु¥याउँछ।

करेलाको परिकारसँग दूध वा डेरी उत्पादनहरूको सेवन कहिल्यै गर्नुहुँदैन । दूधसँग करेला खाँदा स्वाद, फ्लेभर, टेक्स्चर परिवर्तन हुन्छ । दूध वा अन्य कुनै डेरी उत्पादनहरूलाई तितो करेलासँग मिसाएर खाँदा हानिकारक प्रतिक्रिया हुनसक्छ । साथै, खानाको स्वाद पनि बिग्रन्छ ।

कतिपयले तितो करेलाको स्वादलाई राम्रो बनाउन मह मिसाउँछन्, जसले गर्दा यसको तितोपना कम होस् र गुलियोपन आओस्, तर यस्तो गर्नु पनि गलत हो । कहिल्यै पनि करेलामा मह हालेर नपकाउनुहोस्, नत्र यसले शरीरमा विषाक्त पदार्थ बन्नसक्छ ।

करेलाको स्वाद तितो हुने भएकोले यसमा मसलाहरू पनि नहाल्नुहोस् । दालचिनी, कालोमरिच, जाइफल, ल्वाङजस्ता खडा मसलाहरू करेलाको कुनै पनि परिकारमा नहाल्नुहोस्, नत्र स्वाद अझै पिरो, तितो हुनेछ र यो खान योग्य हुनेछैन ।

गल्तीले पनि करेलालाई त्यस्ता खाद्य पदार्थहरूसँग मिसाएर नपकाउनुहोस् वा नखानुहोस्, जसमा एसिडको मात्रा धेरै हुन्छ ।

यसमा अमिलो फलफूल र तरकारीहरू पर्छ । उदाहरणका लागि गोलभेँडालाई करेलासँग खाँदा यसको तितोपना अझै बढी तीव्र हुनसक्छ । एसिडिक तत्त्वले करेलाको तितोपनालाई अझै बढाउँछ, यसप्रति नकारात्मक रूपमा प्रतिक्रिया गरेर । यसले स्वाद पनि बिगार्न सक्छ । सौजन्य यात्रा डेली

प्रतिक्रिया दिनुहोस्: