Loktantra Khabar National Weekly
Ad

झुठा विवरण पेश गरी सरकारी कागजात बनाएको आरोपमा तीन जना पक्राउ

लोकतन्त्र खबर
२६ पुष २०८२

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले नागरिकता÷राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ सम्बन्धी कसूरमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार योजनाबद्ध रूपमा झुठा विवरण पेश गरी जन्मदर्ता, विवाहदर्ता तथा नागरिकताजस्ता सरकारी कागजात तयार गरेको गोप्य सूचनाको आधारमा पुस २ गते वीरगञ्ज महानगरपालिका–१६ नगवाबाट दुई जना भारतीय पुरुष र एक जना महिलालाई पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरूको साथबाट सम्बन्धित कागजातहरू बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। प्रारम्भिक अनुसन्धानबाट उनीहरू सरकारी अभिलेख दुरुपयोग गर्दै नक्कली विवरणका आधारमा कागजात बनाउने कार्यमा संलग्न रहेको आशंका गरिएको छ ।

हाल पक्राउ परेका तीनै जनामाथि नागरिकता÷राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ अन्तर्गत कसूरमा अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

प्रहरीले यस्ता गैरकानुनी गतिविधिमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याइने स्पष्ट पार्दै नागरिकता तथा सरकारी कागजातसम्बन्धी अपराधप्रति कडाइका साथ निगरानी र कारबाही जारी रहने जनाएको छ । सौजन्य यात्रा डेली

 

प्रतिक्रिया दिनुहोस्: