नेहा चौधरी–
सर्लाही १८ पुस । जिल्ला समन्वय समिति, सर्लाहीको आयोजनामा जिल्लामा रहेका २० वटा स्थानीयतहहरूले गरेको असल अभ्यासको बारेमा अनुभव आदान–प्रदान कार्यक्रम शुक्रवार जिल्ला समन्वय समिति सर्लाहीको सभाकक्ष मलंगवामा सम्पन्न भएको छ ।
अनुभव आदान–प्रदान कार्यक्रम जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशलकिशोर सिंहको सभापतित्व तथा प्रमुख जिल्ला अधिकारी रामु राज कडरीयाको प्रमुख आतिथ्यमा शुरू भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख जितेन्द्र कुशवाहा तथा पदाधिकारीहरू, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, कर्मचारी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा स्थानीयतहका कर्मचारीहरूले आफ्नो पालिकामा भए, गरेका असल कामहरूको अनुभव, चुनौती र सिकाइहरू साझा गर्दै स्थानीय तहबीच समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो । कार्यक्रमको उद्देश्य अनुरुप जिल्ला समन्वय समितिको भूमिकालाई अझ सुदृढ बनाउनुका साथै स्थानीयतहको विकास प्रक्रियामा अनुभवको आदान–प्रदान मार्फत प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्नु रहेको आयोजकले जनाएको छ ।
आयोजक जिल्ला समन्वय समितिको कार्यालयले यस्ता कार्यक्रमहरूले स्थानीयतहहरू बीच आपसी समझदारी बढाउने र आगामी दिनमा नीति तथा कार्यक्रम कार्यान्वयनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका थिए । अनुभव आदान–प्रदान कार्यक्रममा जिल्लामा रहेका २० वटा स्थानीयतहलाई सहभागिताको लागि जिससले पत्रचार गरेको थियो ।
यधपी कार्यक्रममा मात्र १२ वटा स्थानीयतहले सहभागिता जनाउदै अ–आफनो अनुभव आदान–प्रदान गरेका थिए । कार्यक्रममा ८ वटा स्थानीयतहको अनुपस्थिती प्रति दुख व्यतm गर्दै जिल्ला समन्वय समिति सर्लाहीका उपप्रमुख कुशवाहाले के–कति कारणले कार्यक्रममा वहाहरु आउन सकेन यसको लागि अनुपस्थित पालिकाले स्पष्टिकरण दिनुपर्ने बताएका थिए ।
जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख सिंहले भने असल अभ्यासको बारेमा अनुभव आदान–प्रदान गर्न सहभागिता जनाएका स्थानीयतहका प्रतिनिधीहरुले पेश गरेको आधा–अधुरा कामको प्रतिवेदन माथि प्रश्न उठाउदै चिन्ता व्यतm गर्नुभयो ।
प्रमुख सिंहले थप्दै भने समय टार्ने, आफनो कामको वास्तविक मुल्यांकन आफैले गर्न नसकने कर्मचारी जनताको अपेक्षा अनुसार काम गर्न सकिदैन । यस प्रति स्थानीयतह अगामी दिनमा गंम्भिर बन्नलाई वहाले आग्रह समेत गर्नुभयो ।
प्रजिअ कडरीयाले सरकारी कर्मचारी भएर पनि सरकारी आदेशको अटेरी गर्ने । आफु भन्दा माथिको निकायको सुझाव, सल्लाह र आदेश नमान्ने कर्मचारी उपर कारवाही गरिने भएकोले राष्ट्र सेवक कर्मचारीलाई सुधारउन्मुख र जवाफदेही बन्न प्रजिअ कडरीयाले सचेत गराउनु भयो ।

