Loktantra Khabar National Weekly
Ad

आज नेकपाले सर्लाहीको मलंगवामा एकता सभा गर्दै

लोकतन्त्र खबर
१२ पुष २०८२

मलंगवा – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सर्लाही जिल्ला कमिटीले आज सदरमुकाम मलंगवामा एकता सन्देश सभा आयोजना गर्न लागेको छ।

पार्टीका केन्द्रीय नेता नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा मलंगवा पार्टी प्यालेसमा कार्यक्रम सम्पन्न हुने जनाइएको छ। यसअघि पार्टीका केन्द्रीय संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा तीनबिघे मैदानमा सभा गर्ने तयारी गरिएको थियो।

तर, चुनावी कार्यक्रमको व्यस्तताका कारण उक्त सभा स्थगित गरिएको थियो। पछिल्लो निर्णयअनुसार नेता श्रेष्ठको प्रमुख आतिथ्यतामा पार्टी प्यालेसभित्रै एकता सन्देश सभा आयोजना गर्न लागिएको हो। सौजन्य धड्कन एफ.एम.

प्रतिक्रिया दिनुहोस्: