लोकतन्त्र समाचारदाता–
सर्लाही २४ मंसिर । सर्लाहीको मलंगवा स्थित गरिमा बिकास बैंकले ठगेको भन्दै एक जना पिडितले आत्मदाह गर्ने प्रयास गरेका छन । सर्लाहीको चन्द्रनगर गाउपालिका वडा नं ६ कामद बस्ने नथुनि मुखिया बिनले बुधवार शरिरमा पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेका छन ।
बैंकको अधिकारी संग छलफल गर्न जिल्ला प्रहरी कार्यालय सर्लाही पुगेका पिडित बिनले प्रहरी परिसरमै जिउमा पेट्रोल छर्केर आगो लगाई आत्मादाहको प्रयास गरेका थिए । बितिय संस्थाले उल्टै जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेपछि बैंंक संग छलफल गर्न पिडित समुह जिप्रका पुगेको बेला बिनले आगो लगाउन प्रयास गरेको हो ।
पिडित बिनले शरिरमा पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेपछि प्रहरी र स्थानीयको सहयोगमा बिनको हातको लाईटर खोसिए पछि कुनै अप्रिय घटना हुनबाट झण्डै जोगिएको थियो । गरिमा बिकास बैकका कर्मचारीले ५ करोड ऋण दिन्छु भन्दै आफुलाई ढेड करोडको बैंकका लिलाम सकार गराएको पिडित बिनले बताए ।
आज भोली गर्दा गर्दै विगत अढाई वर्ष देखि न त ऋण नै्र दियो न त लिलाम सकार गरेको जग्गा नै भोग गर्न पाए । राष्ट्र बैंक समेतमा उजुरी गर्दा कुनै सुनुवाई नभएको उनले थपे । बैंकका कारण आफनो व्यवसाय समेत चौपट भएपछि आफुलाई मर्ने बाहेक केहि बाकी नरहेको पिडित बिनले दुखेसो पोखे ।
जिल्ला प्रहरी र प्रशासनमा हार गुहार गरेपनि कुनै कारवाही नभएपछि आफुले आत्मादाहको प्रयास गरेको पिडित बिनको भनाई छ । विगत ४ वर्ष देखि न्यायको लागि आफुहरु संघर्षरत रहेको बैंकबाट ठगिमा परेका अर्का पिडित फेकन राय बताउछन । आफुसहित दर्जनौ पिडित गरिमा बिकास बैंकबाट ठगिए पछि प्रहरीमा पटक–पटक उजुरी गरेपनि हालसम्म आफुहरुले न्याय नपाएको रायले सुनाए ।
कारवाही गर्ने निकाय बैंकको पैसा खाएर बैंकलाई नै बचाउने प्रयास गरेको रायले थपदै भने ।
३० लाख रुपैया ऋण रकम स्वीकृत भएपनि आफुले मात्र १ लाख ५० हजार पाएको र बाकीको रकम बैंकका प्रबन्धकले खाईदिएको उनको आरोप छ । ऋण लिन पुगेका आफुलाई पनि बैंकले ठगि गरेको अर्का पिडित सर्लाही निवासी दिनेश राय बताउछन । ऋण स्वीकृत गरि जग्गा रोका गरेपनि आफुले पैसा नपाएको उनको गुनासो छ ।
पैसा नपाएपनि रोका गरिएको जग्गा लिलाम गर्ने बैंकबाट बारम्बार धम्की आएको उनको कथन थियो ।
राज्यले न्याय नदिदा आफु मर्नु न बाच्नु भएको उनले दुखेसो पोखे । ऋण रकम बुझाईसके पनि आफुहरुको जग्गा फुकुवा नगरेको अर्का पिडितले सुनाए । पटक पटक पैसा बुझाएपनि बैंकका म्यानेजर बैंकको स्टेटमेन्टमा न चढाएको र उल्टै पैसा नबुझाएको भन्दै डर–धमकी दिने गरेको ऋणीहरुको आरोप छ ।
आफुहरुले न्याय नपाए गरिमा बिकास बैंकबाट पिडित सम्पुर्ण ऋणीहरुले सामुहिक रुपमा आत्मदाह गर्ने उनीहरुले चेतावनी दिएका छन । स्थानका स्थानीयले गरिमा विकास बैङ्कले ऋण दिने भनी आफूहरुलाई झुक्याएर जग्गाधनी प्रमाणपुर्जा र अन्य विभिन्न कागजात लिएर ऋण दिँदै नदिइ घर, जग्गा नै लिलाम गरिदिएको गुनासो लामो समयदेखि गर्दै आइरहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक विन्देश्वर यादवले गरिमा विकास बैङ्क मलङ्गवा शाखाका प्रवन्धकसहितलाई राखेर छलफल गराउने तयारी गर्दा गर्दै केही मानिसको हुलसँगै कार्यालय प्रवेश गरेका मुखियाले एक्कासी शरीरमा पेट्रोल छर्किएको बताए ।
उनका अनुसार ऋण लिएका व्यक्तिहरुबाट नै आफूहरु असुरक्षित रहेको भन्दै गरिमा विकास बैङ्कको मलंगवा शाखाले निवेदन दिएको छ । जिल्ला प्रशासन कार्यालयबाट समेत केही मानिसहरुबाट प्राप्त गुनासोबारे छलफल गराउन र बैंकका कर्मचारीलाई सुरक्षा प्रदान गर्नु भनी पत्र प्राप्त भएको इन्स्पेक्टर यादवले बताए ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामु राज कडरीयाले घटना सम्बन्धी आवश्यक अनुसंन्धान गरि दोषी उपर कडा कारवाही गरिने जनाउनु भएको छ । गरिमा बिकास बैकले ऋणी तथा खाताधारीहरुको रकम पटक–पटक अपचलन गरेको आरोप सेवाग्राहीहरुले लगाउदै आएको छ ।

