Loktantra Khabar National Weekly
Ad

पुस १ गते देखि मलंगवा २ मा रहेको नया बस पार्क संचालन हुने

लोकतन्त्र खबर
२१ मंसिर २०८२

लोकतन्त्र समाचारदाता

सर्लाही २१ मंसिर । मलंगवा नगरपालिका वार्ड नं। २ मा बनेको नया बस पार्क पुस १ गते देखि संचालनमा आउने भएको छ । प्रमुख जिल्ला अधिकारी रामु राज कडरियाको अध्यक्षतामा जिल्ला प्रशासनको सभाहलमा बसेको सर्वदलिय, सर्वपंक्षिय बैठकले सदरमुकाम मलंगवाबाट चल्ने सबै लामो दुरिका सवारी साधन पुस १ गते देखि मलंगवा २ मा रहेको नया बस पार्क बाट संचालन गर्ने बैठकले निर्णय गरेको हो ।

 

त्यस्तै ठुलो ध्वनीमा बाजा बजाउन प्रतिबन्ध लगाउने पनि बैठकले निर्णय गरेको छ । डिजे बाजा ठुलो स्वरमा बजाएको पाएको खण्डमा प्रहरीले कारवाही गर्ने बैठकले निर्णय गरेको जनाएको छ । भारतीय सवारी साधनहरुको लागि अब नजिकको प्रहरी चौकीमा अभिलेखीकरण गर्नुपर्ने समेत बैठकले निर्णय गरेको छ ।

 

लागु औषधलाई नियन्त्रण गर्न विशेष प्रहरी परिचालन गर्ने बताएको छ । प्रमुख जिल्ला अधिकारी कडरियाको अध्यक्षतामा बसेको बैठकमा मलंगवा नगरपालिकाका नगर प्रमुख नागेन्द्र प्रसाद यादव, अन्य नगरपालिका तथा गाँउपालिकाकाका अध्यक्ष, नेपाल प्रहरी प्रमुख एसपी योगेन्द्र कुमार खड्का, सशस्त्र प्रहरी प्रमुख देवबहादुर चन्द, नगरपालिका प्रमुख प्रशासकीय अधिकृत होम प्रसाद घिमिरे, जनप्रतिनिधी, नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरी, संचारकर्मी, राजनीतिक दलका प्रतिनिधी, बस व्यवसायी, टेम्पो चालक, आटो रिकसा चालकहरुको बैठकमा सहभागिता रहेको थियो ।

 

बस व्यवसायीहरुले टेम्पोहरुलाई नया बस पार्कबाट हटाएर अन्तैबाट संचालन गर्ने व्यवस्था मिलाए पछि आफुहरु जुनसुकै बेला नया बस पार्कबाट बस चलाउन तयार रहेको बताएका थिए । सानो दुरिका सवारी साधनहरुलाई छुटटै स्थानमा व्यवस्थापन गर्ने मलंगवा नगरपालिकाका नगर प्रमुख यादवले आश्वासन दिएपछि बस व्यवसायीहरु पुस १ गते देखि नया बस पार्कबाट बस चलाउन तयारी भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: