Loktantra Khabar National Weekly
Ad

राजश्री १ करोड ३४ लाख नाफा गरेर देशको नम्बर १ सहकारी संस्था बन्न सफल – पुर्व अर्थ मन्त्री यादव

लोकतन्त्र खबर
२० मंसिर २०८२

लोकतन्त्र समाचारदाता–
सर्लाही २० मंसिर । देशको सकसपुर्ण अवस्थामा पनि मलंगवामा रहेको राजश्री सेविग्स एण्ड क्रेडिट को–आपरेटिभ सोसाईटी लिमिटेड सर्लाहीले ९० करोड ८७ लाख शेयर पुजी, २२ अर्ब ३३ करोड ८८ लाख निक्षेप संकलन, १५ अर्ब ३४ करोड ४ लाख ऋण लगानी र १ करोड ३४ लाख ४७ हजार नाफा गरेर राजश्री संस्था देशकै नम्बर १ संस्था बन्न सफल भएको मधेश प्रदेशसभा सदस्य तथा प्रदेशको पुर्व अर्थ मन्त्री संजय यादवले बताएको छ ।

 

राजश्री सेविग्स एण्ड क्रेडिट को–आपरेटिभ सोसाईटी लिमिटेडको २५ औं वार्षिक साधारण सभालाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै पुर्व अर्थ मन्त्री यादवले यो कुरा बताउनु भएको हो ।

 

राजश्री संस्थाको २५ औं बार्षिक साधारण सभालाई संचालक समितिको तर्फबाट सम्बोधन गर्दै अध्यक्ष नागेन्द्र प्रसाद यादवले २५ हजार  शेयर पुजीबाट संचालन भएको यो संस्था २५ औं बार्षिक साधारण सभा सम्म आउदा यसको कुल शेयर पुजी ९०  करोड ८७ लाख ३ सय २५ रुपैयामा पुगेकाले आफु निकै हर्षित भएको अध्यक्ष यादवले बताउनु भयो ।

 

यस संस्थामा कार्यरत कर्मचारी, फिल्ड कार्यकर्ता, शेयर धनी सबैको मेहनत लगनशिलताले आज यो संस्था नम्बर एक संस्था बन्न सफल भएकोले यस संस्थामा आवद्ध सबै जना बधाईका पात्र रहेको बताउदै संस्थामा आवद्ध सबैजनालाई अध्यक्ष यादवले बधाई तथा धन्यवाद व्यतm गर्नुभयो ।

 

मुख्य प्रबन्धक राजनहरि श्रेष्ठले साधारण सभालाई सम्बोधन गर्दै राजश्री संस्था मलंगवाबाट शुरु भएर अहिले अधिराज्य भरिको १४ ठाउमा सेवा केन्द्र संचालन गरेर सेवा प्रवाह गरिरहेको छ ।

 

राजश्रीको १४ वटै सेवा केन्द्रहरुले गरेको उत्कृष्ट कामले गर्दा आज यो संस्था सफल भएको उल्लेख गर्नुभयो । आम नेपाली जनताको विश्वास र कर्मचारीहरुको कठोर मेहनतले गर्दा संस्था आज यो स्थानमा पुगेको मुख्य प्रबन्धक श्रेष्ठको भनाई थियो ।

 

संस्थामा आवद्ध सबैजना बधाई र सम्मानको पात्र रहेको प्रबन्धक श्रेष्ठले थप्दै भने । राजश्रीको २५ औं बार्षिक साधारण सभाको अवसरमा देशभरिमा रहेका सेवा केन्द्रहरुमा कार्यरत फिल्ड कर्मचारीहरुबाट सबै भन्दा बढि निक्षेप संकलन गर्ने ३ जनालाई सम्मानित गरिएको छ ।

 

जसमा ९ करोड ४८ लाख ५६ हजार बढि निक्षेप संकलन गरेर जनकपुर सेवा केन्द्रका फिल्ड कर्मचारी सुनिल प्रसाद सिंह प्रथम, ७ करोड ९६ लाख ९६ हजार बढि निक्षेप संकलन गरेर मलंगवा सेवा केन्द्रका खुशिलाल राय दोस्रो र ७ करोड बढि निक्षेप संकलन गरेर सिरहा सेवा केन्द्र लहानका लिलेश्वर भगतले तेस्रो स्थान प्राप्त गरेका छन ।

 

बढि निक्षेप संकलन गर्ने ३ जनालाई संस्थाका अध्यक्ष यादव तथा पुर्व अर्थ मन्त्री यादवले कदर–पत्र तथा पुरस्कारबाट सम्मानित गरेका थिए । कार्यक्रममा मलंगवा जेसिजका छात्राहरुले सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । जसले गर्दा संस्थाको बार्षिक साधारण सभा मनोरम बनेको थियो ।

 

कार्यक्रममा उपस्थित भएका सबै सेवा केन्द्रका कर्मचारी, प्रबन्धक तथा फिल्ड कार्यकर्ताहरुलाई खादा ओढाई सम्मान गरिएको थियो ।

 

कार्यक्रममा लेखा समिति संयोजक, कर्मचारी, फिल्ड कार्यकर्ता, नागरिक समाज, कानुनी सल्लाहका, पत्रकार लगायत स्थानीयहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

 

कार्यक्रमको संचालन सुबोध हरिराज उपाध्यायले गरेका थिए भने राजश्रीको २५ औं वार्षिक साधारण सभा सदरमुकाम मलंगवा स्थित मलंगवा पार्टी पैलेसमा सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्: