सारा अलिा–
सर्लाही १८ मंसिर । “मर्यादा समानता र मानव अधिकारका लागि मर्यादित महिनावारी“ भन्ने नारा सहित अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ । राधा पौडेल फाउन्डेसन र बाल संरक्षण संस्थाको संयुतm आयोजनामा संचालित यौन तथा प्रजनन स्वास्थ्यको लागी मर्यादित महिनावारी प्रमुख नारा सहित अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाएको हो ।
सातौं अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस प्रत्येक वर्ष विभिन्न कार्यक्रमको आयोजना गरि मनाउदै आएको आयोजक संस्थाले जनाएको छ ।
लालबन्दी नगरपालिका वार्ड नं. १० का वडा अध्यक्ष टोप बहादुर श्रेष्ठको अध्यक्षता तथा आधारभुत स्वास्थ्य केन्द्रका इन्चार्ज नागेन्द्र महतो, इलाका प्रहरी कार्यालयका लालबन्दीका इन्चार्ज बिरेन्द्र जोहरी, श्री जनता मा.बि.चन्द्रपुरको बि.ब्य.समितिको अध्यक्ष उदय पाख्रीन, प्र.अ. गोपाल श्रेष्ठ, स्वयंसेबिका, महिला समुहको उपस्थितिमा तुलब्यानर सहित रैली नगरपरिक्रमा गरेका थिए ।
महिनावारीको बारेमा समाजमा रहेका अंधविश्वासलाई निर्मुल पार्ने उदेश्यले अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस प्रत्येक वर्ष मनाउने गरेको आयोजक बाल संरक्षण संस्था सर्लाहीले जनाएको छ ।

