Loktantra Khabar National Weekly
Ad

उखुको भुक्तानी माग्दै प्रजिअलाई ज्ञापनपत्र

लोकतन्त्र खबर
२२ कार्तिक २०८२

मलंगवा – सर्लाहीको धनकौल गाउँपालिकाका किसानहरूले अन्नपूर्ण सुगर मिल्सविरुद्ध रकम नदिएको आरोप लगाउँदै बिहिबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्। किसानहरूले पटक–पटक माग गर्दा पनि र बिभिन्न समयमा जिल्ला प्रशासन कार्यालयमै बाँकी रकम भुक्तानी गर्ने भन्ने सहमति भएपनि हालसम्म रकम भुक्तानी नभएपछि अब आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन्। ज्ञापनपत्रमा उल्लेख भए अनुसार धनकौल – २ स्थित अन्नपूर्ण सुगर मिल्सले गाउँपालिका स्थापना भएदेखि नै किसानहरूको उखु खरिद गर्दै आएको थियो। क्रसिंङ् सिजन २०७०÷०७१ देखि २०८१÷८२ सालसम्म किसानहरूले बिक्री गरेको उखुको रकम अझै नदिएको उल्लेख छ। यस अघि २०८० साल फागुन ६ गते जिल्ला प्रशासन कार्यालयमा मिलले केहि दिनमा बाँकी रकम भुक्तानी गर्ने सहमति भए पनि मिल पक्षले हालसम्म कुनै रकम नदिएपछि किसानहरू पुनः प्रशासनमा पुगेका हुन्। सौजन्य धड्कन एफ.एम.

प्रतिक्रिया दिनुहोस्: