काठमाडौँ । बैंकिङ कसुरमा संलग्न एक जना महिलालाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका–७ घर भएर सूर्यबिनायक नगरपालिका–८ दार्जेलिङ हाइट बस्ने कल्पना तामाङ छिन् । ५० वर्षीया तामाङलाई मध्यपुर थिमी नगरपालिका–९ बाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । सौजन्य रातोपाटी
प्रतिक्रिया दिनुहोस्:

