जेनजीको आन्दोलनलाई मध्ये नजर गर्दै बुधवार जिल्ला प्रशासन कार्यालय सर्लाहीले कर्फयु आदेश जारी गरेको छ । जिल्लाको विभिन्न भागमा भएको प्रदर्शनको क्रममा ठुलो धनजनको क्षति भएको छ । यस विषम परिस्थितीमा थप धनजनको क्षति हुन नदिन आम सर्लाहीवासीलाई संयमित हुन आग्रह गर्दै स्थानीय प्रशासनले बुधवार बिहान साढे ८ बजे देखि अर्को आदेश जारी नभए सम्मका लागि कर्फयु आदेश जारी गरिएको छ ।
मंगलवार भएको प्रदर्शन तथा आन्दोलनको क्रममा सरकारी तथा निजी सम्पती माथि आक्रमण भई जनजीवन अस्तव्यस्त भएकोले परिस्थितीलाई समान्य बनाउन तथा शान्ति सुरक्षा कायम गर्न नेपाली सेना सहित सबै सुरक्षा निकायलाई परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले जनाएको छ ।
आज बिहान कारागार कार्यालयका कैदीहरुलाई भगाउने गरि हुलदंगा हुन थालेपछि प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठको नेतृत्वमा सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले अहिले सदरमुकाम मलंगवा सहितका क्षेत्रमा गस्ती गरिरहेको छ ।
आन्दोलनको मौका छोपेर गलत प्रवृतीका व्यतिmहरु सकृय भएर लुटपाट गर्न सकने भएकोले यसतो गतिविधी कहि कतै भए गरेको पाईए सुरक्षा निकायलाई तुरुन्तै खबर गर्न पनि प्रशासनले स्थानीय जनतालाई आग्रह गरेको छ । बुधवार बिहान साढे ८ बजे देखि लागु हुने गरि जिल्ला भरिनै कर्फयु आदेश जारी भएको छ ।
कर्फयु आदेश लागु भएको सर्लाहीमा अतिआवश्यक सेवाका सवारी साधन, एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी साधन, संचारकर्मीका सवारीसाधन, मानवअधिकार तथा कुटनीतिक नियोगका सवारी साधन बाहेक सबै सवारी साधन चलाउन पुर्ण रुपमा बन्द गरिएको स्थानीय प्रशासनले उल्लेख गरेको छ ।

