Loktantra Khabar National Weekly
Ad

गोडैताका विधार्थीहरु सम्मानित

लोकतन्त्र खबर
१० असार २०८१

विद्यानन्द यादव—
सर्लाही,असाढ ९

गोडैता नगरपालिकाका मेयर देवेन्द कुमार यादवले अपाङ्गगता भएका बालबालिका बीच विभिन्न विधाका अतिरिक्त क्रियाकलाप कार्यक्रमको उद्रघाटन गरेका छन् ।

शनिवार लेखाजोखा केन्द्र हरिपुरको आयोजनामा गोडैता स्थित वेणीभोला नमुना माध्यमिक विधालय गोडैतामा सो कार्यक्रमको उद्घाटन गरिएको हो ।

सो अवसरमा शिक्षा विकास तथा समन्वय इकाई का प्रमुख तारापती खनाल , शिक्षा विकास तथा समन्वय इकाई प्राविधिक सुनिल कुशवाहा , होस्ट विधालयका प्रधानाध्यापक रामचन्द चौधरी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा विभिन्न विधाका उत्कृष्ट विधार्थी , स्रोत शिक्षक तथा केयर टेकरहरुलाई नगदसहित सम्मान पत्र प्रदान गरेका थियो ।

प्रतिक्रिया दिनुहोस्: