Loktantra Khabar National Weekly
Ad

‘मिस्टर एण्ड मिसेज माही’ ले तीन दिनमा कति कमायो?

लोकतन्त्र खबर
२१ जेष्ठ २०८१

बलिउड अभिनेता राजकुमार राव र अभिनेत्री जान्हवी कपूर अभिनीत फिल्म ‘मिस्टर एण्ड मिसेज माही’ ले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ।

भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार फिल्मले तीन दिनमा १५ करोड ९८ लाख भारू कमाएको छ।

पहिलो दिन ६ करोड ७५ लाख भारू कमाएको फिल्मले दोस्रो दिन ४ करोड ६५ लाख भारू र तेस्रो दिन ४ करोड ५८ लाख भारू कमाएको हो।

फिल्ममा राजकुमार राव र जान्हवी कपूरलाई श्रीमान-श्रीमातीको रूपमा प्रस्तुत गरिएको छ। उनीहरू दुवैजनालाई क्रिकेटमा रूचि भएको देखाइएको छ।

शरन शर्माले निर्देशन गरेको फिल्मलाई जि-स्टुडियो र धर्मा प्रोडक्सनले निर्माण गरेको हो। यसअघि राजकुमार राव र जान्हवी कपूर फिल्म ‘रूही’ मा एकसाथ देखिएका थिए। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: