Loktantra Khabar National Weekly
Ad

जब पाकिस्तानी बलर शाहीन अफ्रिदीले भारतीय बलर बुमराहलाई उपहार दिए

लोकतन्त्र खबर
२५ भाद्र २०८०

पाकिस्तानी क्रिकेट टिमका तीव्र गतिका बलर शाहीन शाह अफ्रिदीले भारतीय तीव्र गतिका बलर जसप्रित बुमराहलाई उपहार दिएका छन्। उपहार दिएको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

बुमराह हालसालै पिता बनेका थिए। त्यसै अवसरमा आइतबार अफ्रिदीले जसप्रितका छोराको लागि उपहार दिएका हुन्।

यसको भिडिओ अफ्रिदिले ट्विटरमा सेयर गरेका छन्। जसमा उनले बुमराहलाई छोराको लागि उपहार दिएर बधाई दिइरहेका छन्।

आइतबार एसिया कप २०२३ अन्तर्गत भारत र पाकिस्तानबीच कोलम्बोमा भएको सुपर फोर खेल वर्षाका कारण स्थगित भएपछि खेलाडी मैदानबाट फर्किंदै गर्दा अफ्रिदीले बुमराहलाई उपहार दिएका थिए।

अफ्रिदी भन्छन्- ‘धेरै बधाई भाइ, मेरो तर्फबाट एउटा सानो उपहार। अल्लाहले उनलाई खुसी राखुन् र उनी नयाँ बुमराह बन्छन्।’

गत सोमबार बुमराहले पिता बनेको जानकारी दिँदै भनेका थिए– ‘हाम्रो परिवार बढेको छ। आज बिहान हाम्रा छोरा अंगद जसप्रित बुमराह संसारमा आएका छन्।’

आफू पिता बन्ने भएपछि बुमराह एसिया कपका खेल छाडेर गत साता भारत फर्किएका थिए। जसका कारणले समूह चरणमा उनले नेपालविरूद्धको खेल गुमाएका थिए। सेतोपाटी

 

प्रतिक्रिया दिनुहोस्: