Loktantra Khabar National Weekly
Ad

गणतन्त्रलाई सबल बनाउन सामाजिक न्याय, सुशासन र समृद्धिलाई समुचित ढङ्गले अगाडि बढाउनुपर्छ : मुख्यमन्त्री कँडेल

लोकतन्त्र खबर
१५ जेष्ठ २०८१

सुर्खेत। कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले जनतालाई केन्द्र बिन्दुमा राखेर जनताको इच्छा र जनताका लागि सञ्चालित हुने अभ्यासले नै गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउने बताएका छन्।

१७ औँ गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै कँडेलले लोकतान्त्रिक गणतन्त्रलाई सबल तुल्याउन सामाजिक न्याय, सुशासन र समृद्धिका तीन वटै आयामहरूलाई समुचित सन्तुलनका साथ अगाडि बढाउनु अहिलेको प्रमुख आवश्यकता रहेको बताए ।

‘आज जनता सार्वभौम बनेको यो दिन नेपालको राजनीतिक इतिहासको महत्त्वपूर्ण र अविस्मरणीय दिन पनि हो’, उनले भने,’ गणतन्त्र दिवस जनताले सफलता प्राप्त गरेको र जनता विजयी भएको महान् उत्सव पनि हो ।’

व्यक्तिको जन्मका आधारमा श्रेष्ठता तय गरिने प्रणालीलाई नागरिकको सहभागिताद्वारा आमूल परिवर्तन गरी हरेक नागरिक समान हुने प्रणालीको स्थापना हुनु गणतन्त्रको प्रमुख विशेषता भएको उनको भनाइ छ।

यस युगान्तकारी परिवर्तनको आयामलाई सामाजिक आयामसँग जोडेर समुन्नत प्रणाली विकास गर्न सकेमा मात्र गणतन्त्र  दिगो बन्न सक्के उनको तर्क छ। रातोपाटी संवाददाता

yamlal

प्रतिक्रिया दिनुहोस्: