Loktantra Khabar National Weekly
Ad

सर्लाहीमा ४२ हजार बढीलाई आई.पि.भी खोप लगाइने

लोकतन्त्र खबर
१० जेष्ठ २०८१

लोकतन्त्र समाचारदाता—
सर्लाही,जेठ १०

आई.पि.भि खोप अभियान २०८१ सम्वन्धि जिल्ला खोप समन्वय समितिका पदाधिकारी तथा संचारकर्मी विच अभिमुखिकरण गरिएको छ ।

आई पि भि खोप अभियानको औचित्य बारे बुझाउने र सर्लाही जिल्लालाई पुर्ण खोप सुनिश्चितता कायम गर्नका लागि चालिएका कदम बारे सरोकारवाला तथा संचारकर्मीहरुलाई जानकारी दिने उद्येश्यले बुधबार सदरमुकाम मलंगवा स्थित स्वास्थ्य कार्यक्रममा अभिमुखिकरण गरिएको हो।

स्वास्थ्य स्वास्थ्य कार्यालय मलंगवा,सर्लाहीका प्रमुख डा.नवल किशोर झाले कार्यक्रमको उद्येश्य माथि प्रष्ट पार्दै पादै दादुरा रुवेला खोप अभियानको प्रगति विवरण सहित पोलियो रोगको हालको अवस्था बारे सहभागिहरुलाई जानकारी गराएका थिए।

जेठ १३ गते उद्घाटन भइ दुई चरणमा अभियान संचालन हुने प्रमुख झाले जानकारी दिए ।

जिल्लाको २० वटा पालिकाहरु मध्ये पहिलो चरण अन्तर्गत जेठ १६ गते देखि जेठ २१ गते र दोस्रो चरण अन्तर्गत जेठ २४ गतेदेखि जेठ २९ गतेसम्म आई.भि.पी खोप संचालन हुने प्रमुख झाले सरोकारवाला तथा संचारकर्मीहरुलाई जानकारी गराएका छन् ।

जिल्लाभरीको लागि ४२ हजार ४ सय डोज खोप उपलब्ध भएको उनले बताए।

आई.पि.भी. खोप आपुर्ति नभएको अविधमा यो खोप लगाउन छुट भएका बालवालिकाहरुलाई एक मात्रा आई.पि.भी.खोप दिएर ती बालवालिकामा पोलियो रोगको विरुद्ध प्रतिरोध क्षमता कायम गर्नु आई.पि.भी.खोप अभियानको लक्ष रहेको स्वास्थ्य कार्यालयका प्रमुख झाले बताए ।

उनले अभियान संचालनका लागि ४२ लाख रुपैयाँ उपलब्ध भएको सरोकारवाला तथा संचारकर्मीहरुलाई जानकारी गराएका छन्।

जिल्ला समन्वय समितिका प्रमुख कौशल किशोर सिंहको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाको प्रमुख आतिथ्यतामा अभिमुखिकरण कार्यक्रम भएको हो ।

कार्यक्रममा नेपाल प्रहरी ,नेपाली सेना,शसत्र प्रहरीका प्रतिनिधि, जिल्ला स्थित सरकारी तथा गैर सहकारी संस्थाका ,प्रतिनिधि लगायत संचारकर्मीहरुको उपस्थित रहेको थियो।

स्वास्थ्य कार्यालय सर्लाहीको आयोजनामा सम्पन्न भएको कार्यक्रमको संचालन जनस्वास्थ्य अधिकृत शुशिल झाले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्: