Loktantra Khabar National Weekly
Ad

सवारीसाधन कर्जा लिन सहज, जोखिम भार १०० प्रतिशतमा झर्‍यो

लोकतन्त्र खबर
४ जेष्ठ २०८१

काठमाडौं जेठ ४ , नेपाल राष्ट्र बैंकले सवारीसाधन खरिदमा वित्तीय सहजता प्रदान गरेको छ । बैंकले हायर पर्चेज कर्जाको जोखिम भार घटाएको छ ।

शुक्रबार चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै हायर पर्चेजअन्तर्गत सवारी साधन कर्जाको जोखिमभार घटाएर १०० प्रतिशत कायम गर्ने उल्लेख गरेको छ ।

‘बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १२५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशत कायम गरिनेछ,’ मौद्रिक नीति समीक्षामा भनिएको छ । यसले सवारीसाधनमा कर्जा प्रवाह गर्न बैंकहरूलाई प्रोत्साहन मिल्नेछ । अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: