Loktantra Khabar National Weekly
Ad

नियमित खोप छुटेका बालबालिकालाई आज खोप लगाइने

लोकतन्त्र खबर
३१ बैशाख २०८१

काठमाडौं । सरकारले नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते (आज) खोप दिने भएको छ ।

स्वास्थ्य सेवा विभागको खोप शाखाका अनुसार बृहत् खोज र खोप अभियानअन्तर्गत आज खोप दिन लागिएको हो ।

अभियानमा पाँच वर्षसम्मका बालबालिकालाई १५ महिनाभित्र लगाइसक्नुपर्नेमध्ये छुटेको भए सोही खोप दिन लागिएको बताइएको छ ।

खोप देशभरका सबै सरकारी स्वास्थ्य संस्थाहरूबाट दिइनेछ । अनलाइन नेपाल

 

प्रतिक्रिया दिनुहोस्: