Loktantra Khabar National Weekly
Ad

काठमाडौँ मेडिकल कलेजमा तोडफोड र डाक्टरमाथि हातपात गर्नेलाई कारबाही माग

लोकतन्त्र खबर
१८ बैशाख २०८१

काठमाडौँ ।  सिनामंगल स्थित काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालमा तोडफोड गर्ने र डाक्टरमाथि हातपात गर्नेलाई कारबाही गर्न नेपाल चिकित्सक संघले  माग गरेको छ । सुरक्षित र भयरहित वातावरणमा  स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन संघको माग छ ।

सोमबार अस्पतालमा कार्यरत संघका आजीवन सदस्य प्रा. डा. विनिता प्रधान  र डा. पूजा शाह माथि गरेको हातपात गर्नुका साथै अस्पतालमा तोडफोड भएको थियो । अस्पतालजस्तो संवेदनशील क्षेत्रमा उपचारको क्रममा भएको मृत्युलाई लापरबाही भनि अस्वाभाविक आरोप लगाई स्वास्थ्य संस्था नै तोडफोड गर्ने जस्ता आपराधिक कार्य गरेको घटनाप्रति संघले घोर भर्त्सना र निन्दा गरेको हो ।

महासचिव डा. सञ्जीव तिवारीद्वारा विज्ञप्तिमा भनिएको छ, ‘उपचारको क्रममा  कुनै त्रुटि भएको शङ्का लागेमा कानुनी प्रक्रियामा जाने व्यवस्था हुँदाहुँदै स्वास्थ्य संस्था माथि नै आक्रमण गर्ने कार्यले स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पुगेको ब्यहोरा अवगत नै छ । त्यसैले स्वास्थ्य संस्था जस्तो संवेदनशील क्षेत्रलाई आतङ्कित पर्ने गरी घटाइएको अस्वाभाविक घटनामा संलग्न दोषीलाई  अविलम्ब छानबिन गरी ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो) संशोधन ऐन २०७९ बमोजिम कानुनी कारबाही गरी सुरक्षित र भयरहित वातावरणमा  स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन यस संघ जोडदार माग गर्दछ ।’ रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: