Loktantra Khabar National Weekly
Ad

घाइते भइन् प्रियंका चोपडा

लोकतन्त्र खबर
६ बैशाख २०८१

हलिउड तथा बलिउड अभिनेत्री प्रियंका चोपडा घाइते भएकी छन्।

उनी हलिउड फिल्म ‘हेड अफ स्टेट’ को छायांकनको क्रममा घाइते भएकी हुन्। उनको अनुहारमा सामान्य चोट लागेको छ।

प्रियंका आफैले सामाजिक सञ्जालमार्फत चोट लागेको जानकारी दिएकी हुन्। ‘पछिल्लो केही वर्ष आफूलाई चोट लागेको कति तस्बिरहरू पोस्ट हुन्छन् थाहा छैन,’ उनले लेखेकी छन्।

‘हेड अफ स्टेट’ मा प्रियंकाको खतरनाक एक्सन सिन्स र स्टन्ट छ। फिल्ममा जोन सिना र एद्रिस एल्बाको पनि अभिनय छ।

यो कमेडी-एक्सन फिल्म हो।  सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: