राजिव साह
सर्लाही,चैत्र३०
सर्लाही ब्रह्म्पुरी गाउँपालिकमा ट्याक्टरले हलो जोत्ने क्रममा मोटरको तारको करेन्ट प्रवाहले ट्याक्टर चालकको मृत्यु भएको छ ।
ज१त ४३१४ नम्बरको ट्याक्टर चालक ब्रह्म्पुरी २ का राजेश पासवानकाे मृत्यु भएको प्रहरीले जनाएको छ ।
चैते धान रोप्न क्रममा हिलोमा तारको करेन्ट प्रवाह भएर ट्याक्टर चालक घाइते पासवानलाई प्रादेशिक अस्पताल मलंगवा ल्याउदा चिकित्सकले मृत भएको पुष्टि गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्:

