Loktantra Khabar National Weekly
Ad

मलंगवामा गुणस्तरिय शिक्षा तथा समावेशी शिक्षा सम्बन्धी सिकाई आदानप्रदान गरियो

लोकतन्त्र खबर
३० चैत्र २०८०

लोकतन्त्र समाचारदाता—
सर्लाही,चैत्र  ३०

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल एनईसी नेपाल)को आयोजनामा (गुणस्तरिय शिक्षा तथा समावेशी शिक्षा सम्बन्धी सिकाई आदानप्रदान कार्यक्रम सर्लाहीको सदरमुकाम मलंगवामा बिहीबार सम्पन भएको छ ।

कार्यक्रममा सहभागी अतिथिहरुले गुणस्तरीय शिक्षा तथा समावेशी शिक्षाकोलागि गरेका क्रियाकलाप र सिकेका कुराहरुको अनुभव आदानप्रदान गरेका थिए।

शिक्षक, अभिभावक, विद्यार्थी तथा पालिकाको सहयोग बिना समावेशी र गुणस्तरिय शिक्षाको परिकल्पना गर्न नसक्ने उनीहरूले बताए ।

शिक्षालाई समावेशी र गुणस्तरीय बनाउन हामी सबैको प्रयास महत्त्वपूर्ण रहेको एनईसी सर्लाहीका संयोजक राजेश पासवानले बताए ।

उनले सहभागीहरुलाई एनईसी को जिल्ला स्तरीय कार्य प्रगति र गतिविधिहरुको बारेमा समेत संक्षिप्त रुपमा जानकारी गराएका थिए।

एनईसी सर्लाहीका जिल्ला संयोजक पासवाको अध्यक्षतामा भएको सिकाई आदानप्रदान कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य राम नरेश मण्डल ,मलंगवा नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख राम पुकार यादव,राम गुलाम मावि भाँडसरका प्रअ मनोज कुमारकुशवाहा,सक्रौल माविका प्रअ श्रीनारायण महतो,जनमत पार्टीका नेता महेश पासवान लगायतकाले मन्तब्य राखेका थिए ।

कौडेना गाउँपालिकाका उपप्रमुख नगीना देवी यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बाल संरक्षण संस्थाका अध्यक्ष सुन्दर श्याम यादवले स्वागत मन्तव्य राखेका थिए।

यस्तै एनईसीका केन्द्रीय कार्यक्रम संयोजक रोजिना श्रेष्ठले कार्यक्रमको उदेश्य माथि प्रकाश पारेकी थिइन।प्रशिक्षक तथा अनुसंधानकर्ता डा. प्रमोद केसीले अनुसंधानबाट आएका बिभिन्न बिषयमा छलफल गराएका थिए ।

मलंगवा नगरपालिका वडा न-३ स्थित महेन्द्र होटलमा सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय रोजगार प्रबर्द्धन केन्द्रकी ममता साह,मानवअधिकार रक्षक संजालका जिल्ला अध्यक्ष मुकेश मिश्र,दलित समाज संघका प्रमोद पासवान,नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीका कार्यक्रम अधिकृत गोविन्द पासवान लगायतको उपस्थिति रहेको थियो।

 

प्रतिक्रिया दिनुहोस्: