Loktantra Khabar National Weekly
Ad

विजय र मृणालको फिल्म ‘फ्यामेली स्टार’ ले दुई दिनमा कति कमायो?

लोकतन्त्र खबर
२५ चैत्र २०८०

दक्षिण भारतीय अभिनेता विजय देवरकोन्डा र अभिनेत्री मृणाल ठाकुर अभिनीत फिल्म ‘फ्यामेली स्टार’ ले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरेको छ।

यस फिल्मलाई समीक्षकहरूले पनि सकारात्मक प्रतिक्रिया दिइरहेका छन्।

भारतीय सञ्चारमाध्यम पत्रिकाका अनुसार फिल्मले दुई दिनमा  ९ करोड ७५ लाख भारू कमाएको छ। ५ करोड ७५ लाख भारूमा ओपनिङ गरेको फिल्मले दोस्रो दिन ४ करोड भारू कमाएको हो।

यो फिल्मको बजेट ५० करोड भारू बताइएको छ।

परशुराम पेटलाले निर्देशन गरेको फिल्म ५ अप्रिलदेखि प्रदर्शन भइरहेको छ। फिल्ममा विजय र मृणालसँगै जगपति बाबू, अच्युत कुमार, वासुकी, रोहिणी हट्टगडी, रवि बाबू, दिव्यांश कौशिक, अजय घोषलगायत कलाकारको अभिनय छ। फिल्ममा रश्मिका मन्दनाको विषेश भूमिका छ।

यो फिल्म तमिल, तेलुगु र हिन्दी गरी तीन भाषामा प्रदर्शन भइरहेको छ।  सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: