Loktantra Khabar National Weekly
Ad

सुदूरपश्चिममा कोरोना भाइरसको सङ्क्रमणदर बढ्यो

लोकतन्त्र खबर
९ चैत्र २०८०

कैलाली । सुदूरपश्चिम प्रदेशमा पछिल्ला हप्तामा कोरोना भाइरसको सङ्क्रमण दर उकालो लाग्न थालेको छ ।

स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कका अनुसार पछिल्लो आठ दिनमा प्रदेशमा २१ जना कोरोना भाइरस सङ्क्रमित फेला परेका हुन् ।

यसअघि गत फागुन १२ देखि ३० गते सम्मको १८ दिन २६ जनामा कोरोनाको सङ्क्रमण देखिएको थियो ।

कोरोना सङ्क्रमित बढ्दै गएपनि यो रोगको रोकथाम र निगरानीका लागि कसैले पनि चासो देखाएका छैनन् । अनलाइन नेपाल

 

प्रतिक्रिया दिनुहोस्: