Loktantra Khabar National Weekly
Ad

हत्याको योजनाकार महिला १६ वर्षपछि पक्राउ

लोकतन्त्र खबर
६ चैत्र २०८०

काठमाडौँ । ललितपुरमा भएको हत्याकाण्डको योजनाकार रहेकी एक महिलालाई नेपाल प्रहरीले १६ वर्षपछि पक्राउ गर्न सफल भएको छ । पक्राउ पर्नेमा धादिङ घर भई हाल ललितपुर महानगरपालिका–२६ ढोलाहिटी बस्ने ४१ वर्षीया सविता थापा (अधिकारी) भन्ने सोभिता थापा रहेकी छन् ।

२०६४ साल असार २६ गते ललितपुरको शंखमुखलमा ललितपुर ईमाडोल घर भएका ३३ वर्षीय धर्मराज विष्टको हत्या भएको थियो । उक्त घटनाको योजना सोभिता थापाले बनाएकी थिइन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार थापाले आफ्नो भाइ विनोद थापासहित तीन जनालाई विष्टमाथि कुटपिट गर्न लगाएकी थिइन् । कुटपिटबाट सख्त घाइते भएका विष्टको उपचारको क्रममा मृत्यु भएको थियो ।

घटनापछि फरार रहेकी थापालाई कार्यालयको टोलीले चैत ५ गते ललितपुरको ढोलाहिटीबाट पक्राउ गर्न सफल भएको थियो । रेग्मीका अनुसार उनलाई थप कारबाहीका लागि जिल्ला अदालत ललितपुरमा बुझाइएको छ । रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: