लोकतन्त्र समाचारदाता—-
सर्लाही,चैत ६
सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-१२ स्थित गम्हरियामा ४ कोठे बर्थिङ सेन्टर भवनको शिलान्यास गरिएको छ।
उक्त बर्थिङ सेन्टर भवनको सोमबार एक कार्यक्रमका बीच मधेस प्रदेश सांसद कौशल किशोर रायले शिलान्यास गरेका हुन।
प्रदेश सांसद रायको विशेष पहलमा मधेश प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयबाट प्राप्त ४० लाख रुपैयाँको लागतमा उक्त भवनको निर्माण हुन लागेको वडा न-१२ का वडाअध्यक्ष राम दरेश रायले जनाएको छ ।
सांसद रायले गम्हरिया र आसपास क्षेत्रका बासिन्दालाई प्रसूतिका लागि अन्यत्र धाउन नपरोस् भनेर उक्त सेन्टरका लागि बजेट छुट्टाएको बताए।
शिलान्यास कार्यक्रममा स्थानीयबासीहरुको उल्लेखनीय सहभागीता रहेको थियो।
प्रतिक्रिया दिनुहोस्:

