लोकतन्त्र समाचारदाता—-
सर्लाही,चैत ४
सर्लाहीको पर्सा गाउँपालिका वडा न-४ जिंगडवा र वडा न-१ मा स्वास्थ्य चौकी तथा आयुर्वेद औषधालय भवनको शिलान्यास गरिएको छ ।
पर्सा गापा का प्रमुख धिरेन्द्र यादव’विस्पत’ र उपप्रमुख नुतन देवीले एकैदिन ती दुई स्वास्थ्य संस्थाको शिलान्यास गरेका हुन्।
मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र सिंहको विशेष पहल तथा पर्सा गापा अध्यक्ष यादवको सिफारिसमा मधेस प्रदेश सरकारको आर्थिक वर्ष २०८०/०८१ को स्वीकृति बजेटबाट ती दुवै स्वास्थ्यको संस्थाको भवन निर्माण हुन लागेको गाउँपालिकाले जानकारी गराएको छ।
शिलान्यासपछि गा.पा प्रमुख यादवले स्वास्थ्यको क्षेत्रमा भौतिक पुर्वाधारको कमि कमजोरीलाई न्यून गर्दै अगामी दिनमा पनि स्यसैगरी स्वास्थ्य र शिक्षाको क्षेत्रमा विकास गर्न अफ्नो विशेष पहल र जिम्मेवारी रहने बताए ।
स्वास्थ्य चौकी र आयुर्वेद स्वास्थ्य केन्द्र भवनको शिलान्यास कार्यक्रममा पर्सा गापा वडा न- ३ का वडाअध्यक्ष रघुनाथ साह,वडा न- १ का वडाअध्यक्ष सतेन्द्र राय , प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार यादव, स्वास्थ्य चौकी तथा आयुर्वेद औषधालय जिगडवाका सम्पुर्ण कर्मचारीहरु, प्रहरी चौकी नारायणपुरका इन्चार्ज, पुर्व वडाअध्यक्ष बैधनाथ यादव, स्थानीय राजिनीतिकर्मी अरुण मण्डल लगायत समाजिक अगुवा तथा विशिष्ट व्यक्तिहरु को उपस्थिती रहेको थियो।

