Loktantra Khabar National Weekly
Ad

पछिल्लो पटक २४ जनामा डेङ्गु पुष्टि

लोकतन्त्र खबर
२ चैत्र २०८०

काठमाडौँ । नेपालमा पछिल्लो एक हप्तामा २४ जनामा डेङ्गु पुष्टि भएको छ । इपिडडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार २०२४ को दशौँ हप्तामा २४ जनामा डेङ्गु पुष्टि भएको हो । ईडीसीडीले जनवरी १ देखि ७ सम्म पहिलो हप्ता भनेर तथ्याङ्क राख्ने गरेको छ ।

वर्षभर नै डेङ्गुको संक्रमण भइरहने (ईडीसीडी) अन्तर्गत किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख तथा वरिष्ठ स्वास्थ्य प्रशासक डा. गोकर्ण दाहालले बताए । डेङ्गु सार्ने एडिज लामखुट्टेको सङ्ख्या बढेमा डेङ्गु संक्रमण पनि बढ्ने उनले बताए । यो लामखुट्टे सफा पानी र १८ डिग्री बढी तापक्रममा सक्रिय हुन्छ । गर्मी र बर्ख सिजनमा बढी सक्रिय हुने गर्दछ ।  रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: