Loktantra Khabar National Weekly
Ad

कति पारिश्रमिक लिन्छन् दक्षिण भारतीय निर्देशक?

लोकतन्त्र खबर
२४ फाल्गुन २०८०

पछिल्लो समय दक्षिण भारतीय फिल्महरूले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ। दक्षिण भारतीय फिल्महरूले विश्वभर नै आफ्नो प्रभाव छाड्न सफल भएका छन्।

कुनै पनि फिल्म तयार हुन निर्देशकको महत्वपूर्ण भूमिका हुन्छ। दक्षिण भारतीय फिल्मले विश्वव्यापी रूपमा चर्चा पाउँदा निर्देशकको चर्चा नहुने त कुरै भएन।

यी हुन् दक्षिण भारतीय फिल्मका केही महंगा निर्देशकहरू-

एसएस राजामौली 

‘बाहुबली’, ‘बाहुबली २’ र ‘आरआरआर’ जस्ता फिल्म निर्देशन गरिसकेका एसएस राजामौली दक्षिण भारतीय फिल्म सबैभन्दा महंगा निर्देशक हुन्। उनी एक फिल्मबाट एक सय करोड भारू पारिश्रमिक लिन्छन्।

प्रशान्त नील

‘केजिएफ २’ का निर्देशक प्रशान्त नील पनि दक्षिण भारतीय फिल्मका महंगा निर्देशकको सूचीमा पर्छन्। उनी ‘केजिएफ २’ भन्दा अगाडि २५ करोड भारु लिन्थे। ‘केजिएफ २’ को सफलतापछि उनले आफ्नो पारिश्रमिक बढाएर ५० करोड भारू लिन थालेका छन्।

सुकुमार

अल्लु अर्जुन अभिनित फिल्म ‘पुष्पा’ का निर्देशक सुकुमार एक फिल्मबाट करिब २५ करोड भारू लिन्छन्।

एस शंकर

निर्देशक एस शंकर एउटा फिल्मबाट ३० करोड भारू र फिल्मको नाफाको केही प्रतिशत लिन्छन्। उनले ‘रोबोट, ‘२.०’, ‘अपरिचित’ जस्ता हिट फिल्म निर्देशन गरेका छन्।

एआर मुरुगदास

‘गजनी’, ‘थुपुक्की’ र ‘होलिडे’ जस्ता हिट फिल्म निर्देशन गरेका एआर मुरुगदास पनि महंगो पारिश्रमिक लिने निर्देशक भित्र पर्दछन्। उनी एक फिल्म निर्देशन गरेको करिब २८ करोड भारू लिन्छन्।

त्रिविक्रम श्रीनिवास

अल्लू अर्जुन अभिनित फिल्म ‘अला बैकुंठपुरमलो’ जस्तो हिट फिल्म निर्देशन गरेर त्रिविक्रम श्रीनिवास महंगो निर्देशकको सूचीमा पर्न सफल भएका छन्। उनी हाल एउटा फिल्म निर्देशन गरेको करिब २६ करोड भारू पारिश्रमिक लिन्छन्।

एटली कुमार

थलापति विजय अभिनित फिल्म ‘मर्सेल’, ‘थेरी’ र ‘बिगिल’ जस्ता हिट फिल्म निर्देशन गरेका एटली कुमार पनि महंगो पारिश्रमिक लिन्छन्। उनी एउटा फिल्मबाट २० करोड भारू पारिश्रमिक लिन्छन्।

शिवा 

‘विवेगम’ र ‘वेदलाम’ जस्ता हिट फिल्म निर्देशन गरेका शिवा एउटा फिल्मबाट करिब २० करोड भारू पारिश्रमिक लिन्छन्।

कोरताला शिवा

कोरताला शिवा एउटा फिल्म निर्देशन गरेको करिब २० करोड भारतीय रुपैयाँ पारिश्रमिक लिन्छन्। उनले ‘जनता ग्यारेज’ र ‘आचार्य’ जस्ता हिट फिल्म निर्देशन गरेका छन्।

मणि रत्नम

तमिल फिल्मका निर्देशक मणि रत्नम बलिउड फिल्ममा पनि चर्चित छन्। ‘रोजा’ र ‘बम्बे’ निर्देशन गरेका मणि एउटा फिल्म निर्देशन गरेको करिब १० करोड भारू पारिश्रमिक लिन्छन्।  सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: