Loktantra Khabar National Weekly
Ad

बुद्धि तामाङ अभिनीत सर्ट फिल्म ‘ओ यम जी’ सार्वजनिक

लोकतन्त्र खबर
२२ फाल्गुन २०८०

बुद्धि तामाङ र सुदिपजंग कार्की अभिनीत सर्ट फिल्म ‘ओ यम जी’ सार्वजनिक भएको छ।

सोमबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्म सार्वजनिक गरिएको हो। फिल्मले राजनीतिक नेताहरूलाई झटारो प्रहार गरेको छ।

पुरू रंकासु राईले निर्देशन गरेको फिल्ममा उत्तम चन्द्र राईको लगानी छ। किरण राईले छायांकन र सम्पादन गरेको फिल्ममा अनिश श्रेष्ठको ब्याकग्राउण्ड म्युजिक रहेको छ।

यसअघि पुरू राईले सर्ट फिल्म र केही म्युजिक भिडिओ निर्देशन गरिसकेका छन्। अब उनी आफ्नै लेखन र निर्देशनमा फिचर फिल्म बनाउने तयारीमा छन्। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: