Loktantra Khabar National Weekly
Ad

सर्लाहीकाे लालबन्दीका पाख्रिन १४ लाख नगद सहित पक्राउ

लोकतन्त्र खबर
१८ फाल्गुन २०८०

सर्लाहीको लालबन्दीबाट स्रोत नखुलेको रकमसहित एक जना पक्राउ परेका छन् ।

लालबन्दी नगरपालिका- १४ स्थित लखन्देही खोलाबाट स्थानीय ४६ वर्षीय धनबहादुर पाख्रिन १४ लाखभन्दा बढी रकमसहित पक्राउ परेका हुन्।

प्रहरी चौकी पत्थरकोटबाट खटिएको टोलीले प्रदेश २-०३-०११ प ८३५७ नम्बरको मोटरसाइकल शंका लागेर चेक जाँच गर्दा पाख्रिनले पछाडि बोकेको कालो झोलामा स्रोत नखुलेको नगद १४ लाख १० हजार बरामद भएको प्रहरीले जनाएको छ ।

पाख्रिनले आफूसँग भएको रकमको स्रोत खुलाउन नसकेपछि उनलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियारले जानकारी दिए । जनकपुरटुडेबाट

प्रतिक्रिया दिनुहोस्: