Loktantra Khabar National Weekly
Ad

वायुसेवा निगम सुधार समितिले बुझायो चौथो प्रतिवेदन

लोकतन्त्र खबर
१७ फाल्गुन २०८०

पूर्व गर्भनर दिपेन्द्रबहादुर क्षेत्री नेतृत्वको नेपाल वायुसेवा निगम संरचनागत सुधार अध्ययन समितिको प्रतिवेदन अध्ययन तथा कार्यान्वयन सिफारिस समितिले चौथो प्रतिवेदन बुझाएको छ।

पूर्व क्याप्टेन कुलबहादुर लिम्बु नेतृत्वको सिफारिस समितिले बिहीबार प्रतिवेदन बुझाएको हो।

समितिले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, मन्त्रालयका सचिव दिपक काफ्ले र निगमका कार्यकारी अध्यक्ष युवाराज अधिकारीलाई संयुक्तरूपमा प्रतिवेदन बुझाएको हो।

समितिले बुझाएको प्रतिवेदनमा मुख्य ४ बुँदा समावेश गरिएको छ।

पहिलो बुँदामा आन्तरिक लेखा परीक्षण प्रभावकारी बनाउने, दोस्रोमा सञ्चालक समितिको निर्णय र निगमको सुशासन प्रभावकारी बनाउन लेखा समिति बनाउने, तेस्रोमा निगमलाई आर्थिक रूपले प्रभावकारी बनाउन सोल्टी होटलको सेयर विक्री गर्ने रहेको छ।

त्यस्तै चौथो बुँदामा निगमको यथार्थपरक व्यवसायिक कार्ययोजना बनाउने प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रतिवेदनलाई प्रभावकारी कार्यन्वयनका लागि मन्त्री किरातीले निगमका कार्यकारी अध्यक्षलाई निर्देशन दिएका छन्। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: