Loktantra Khabar National Weekly
Ad

धनकौल गाउपालिकाद्धारा ८ हजार बढिलाई दादुरा÷रुबेला खोप लगाउने अभियान शुरु

लोकतन्त्र खबर
१४ फाल्गुन २०८०

लोकतन्त्र समाचारदाता–
सर्लाही, १४ फागुन । सर्लाहीको धनकौल गाउपालिकाद्धारा ८ हजार भन्दा बढि बालबालिकाहरुलाई दादुरा÷रुबेला खोप लगाउने लगाउने अभियानको थालनी गरेको छ । पालिकामा रहेका ७ वटै वडाहरुमा ८ हजार १ सय ९६ जना बालबालिकाहरुलाई दादुरा÷रुबेला खोप लगाउने अभियान शुरु गरेको धनकौल गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख अरुण कुमार महतोले जनाएको छ ।

फागुन महिनाको १६ गते देखि दादुरा÷रुबेला खोप अभियान सुरु हुने महतोले बताए । फागुन १६ गतेबाट धनकौल गाउपालिकामा रहेको ७ वटै वडा बाट दादुरा÷रुबेला खोप अभियान एकै साथ सुरु गरिने धनकौल गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णमोहन प्रसाद साहले जानकारी दिनुभयो । दादुरा÷ रूबेला खोप ९ महिना देखि १५ वर्ष सम्मका बालबालिकाहरुलाई प्रदान गरिने अधिकृत साहले बताउनु भयो ।

दादुरा÷रुबेला खोप फागुन १६ गते सुरु भई २२ गते सम्म सम्म सम्पन्न गरिने लक्षय रहेको पालिकाले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथी गाउपालिका अध्यक्ष रामआश्रय साहले सबैजना मिलेर यो कार्यक्रलाई पुर्णलाई सतप्रतिशत सफल बनाउन निर्देशन गर्नुभयो ।

गाउपालिकाका अध्यक्ष साहले थप्दै भने यो खोप नेपाल सरकारले निशुल्क वितरण गरेकोले कुनैपनि बालबालिका खोप लगाउनबाट बंचिन नहोस ध्यानमा राखेर खोप अभियान चलाउन स्वास्थ्यकर्मीहरुलाई सुझाव दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत कृष्णमोहन प्रसाद साहले यो खोप पुर्णरुपमा सुरक्षित रहेकोले जनप्रतिनिधीहरुले अ–आफनो गाउटोलका बालबालिकाहरुलाई खोप लगाउन जानकारी दिन पनि अधिकृत साहले अनुरोध गरे ।

गाउपालिका स्तरीय खोप समन्वय समिती एवं संचारकर्मीहरुलाई अभिमुखिकरण कार्यक्रमको आयोजना गरि दादुरा÷रुबेला खोप लगाउने अभियान शुरु गरेको स्वास्थ्य शाखा प्रमुख अरुण कुमार महतोले जानकारी दिनु भयो ।

कार्यक्रममा पालिकाका वार्ड नं. १ का वडाअध्यक्ष गौरी शंकर महतो, २ का वडाअध्यक्ष रामबहादुर सहनी, ३ का वडाअध्यक्ष अशोक कुमार यादव, ४ का वडाअध्यक्ष मरेन्द्र राय, ६ का वडाअध्यक्ष श्यामबाबु साह र ७ का वडाअध्यक्ष रामलखन राय लगायत सुरक्षाकर्मी, महिला स्वास्थ्यकर्मी, जनप्रतिनिधीहरुको अभिमुखिकरण कार्यक्रमा सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: