बखतियार अलि-
सर्लाही १२ माघ
सिटी स्क्यान खरिदमा कुनै प्रकारकाे अनियमित नभएकाे मधेश प्रदेश सरकारका स्वास्थ्यमन्त्री वीरेन्द्र सिंहले दाबी गर्नु भएकाे छ ।
मधेश प्रदेश सरकारका स्वास्थ्यमन्त्री वीरेन्द्र सिंहकाे निर्देशनमा सर्लाही र सिरहाकाे प्रादेशिक असपतालमा ‘रुमसहितको सिटी स्क्यान’ जडानका कार्यमा ब्यापक अनियमितता भएकाे खबर सार्बजनिक भएपछि वहाले अनियमितता नभएकाे दाबी गर्नु भयाे ।
शनिवार प्रादेशिक असपताल मलंगवामा हेमाेडायलाईसिस युनिट, फिजियाे थेरापी सेवा ,रक्त सन्चार सेवा (ब्लड बैंक सेवा र ल्याप्राेस्काेपी सेवा काे उद्घाटन गर्दै मन्त्री सिंहले याे कुरा बताउनु भयाे ।
बर्षै देखि मधेश प्रदेशमा स्वास्थ्यको स्तर निकै तल खस्किसकेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेपछि विरेन्द्र सिंहले आमूल परिवर्तन तर्फ अघि बढिरहदा केही बिचौलियाहरु अत्तालिएर नकारात्मक सन्देश प्रवाह गरेकाे मन्त्री सिंहकाे गुनासाे थियाे ।
मधेश प्रदेश सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी सम्हालेपछि प्रदेशको आठै जिल्लाका प्रादेशिक अस्पतालहरुको स्तरन्नोती गरेर प्रादेशिक अस्पताललाई एक सय सैयाको अस्पताल बनाउने अभियान अन्तर्गत विभिन्न उपकरण, दक्षजनशक्ति, औषधी लगायतका कामहरू भएपछि बिराेधीहरू अतालिएकाे वहाकाे कथन रहेकाे छ यसअघिका सरकारमा युवा तथा खेलकुद मन्त्री हुँदा सिंहले विभिन्न स्थानहरुमा खेलकुदका सामग्रीहरु वितरण गर्नुका साथै उल्लेखनिय कार्य गरेका थिए ।
अहिलेका सरकारमा अत्यन्तै क्रियाशिल रहेका मन्त्री सिंहले यस्ता विचौलियाहरुको प्रचारबाजीबाट कुनै फरक नपर्ने तथा आफूले पाएको जिम्मेवारी पूर्ण इमानदारीका साथ पुरा गर्ने तथा सातै प्रदेशमा मधेश प्रदेशलाई स्वास्थ्य क्षेत्रमा उत्कृष्ट प्रदेश बनाउने प्रतिबद्धता व्यक्त गरे ।
प्रादेशिक अस्पताललाई व्यवस्थित बनाउन चाहिने उपकरणहरु खरिद प्रक्रिया पूर्ण रुपमा पार्दर्शी गर्नका निमित्त इ विडिंग प्रक्रियाको थालनी गराएकोमा त्यस्ता विचौलियाहरुको मापदण्डहरु पुरा गर्न नसक्ने भएपछि अनाधिकृत रुपमा विना जानकारीको स्टण्टबाजीको कारण आफूलाई केही फरक नपर्ने सिंहले थपदै भने ।
शनिवार प्रादेशिक असपताल मलंगवाकाे उदघाटन कार्यक्रम एक कार्यक्रम बिच मेसु डा, नवलकिशाेर झाले मन्त्री सिंहले स्वास्थ्य क्षेत्रमा ब्यापक सुधार गरेकाे भनदै १५ किलाेकाे फुलमाला लगाएर स्वागत गर्नु भएकाे थियाे । कार्यक्रममा प्रदेश सांसद जंगीलाल राय, जसपा सर्लाहीका अध्यक्ष बिरेन्द्र राय, नेपाली कांग्रेस सर्लाहीका उपाध्यक्ष सराेज कुमार राय, चेम्बर अफ कमर्सका संजय गुप्ता लगायत चिकित्सक तथा स्वास्थ कर्मीहरूकाे भब्य उपस्थित रहेकाे थियाे ।

