Loktantra Khabar National Weekly
Ad

कटुवा पेस्तोलसहित दुई जना पक्राउ

लोकतन्त्र खबर
१० फाल्गुन २०८०

पर्सा । बहुदरमाई नगरपालिका-९ बाट कटुवा पेस्तोल १ थानसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कालिकामाई गाउँपालिका-९ कटिबलुवा बस्ने ४४ वर्षीय दिपेन्द्र गिरी र पोखरिया नगरपालिका-९ बैरियाबिर्ता बस्ने ३७ वर्षीय शिवपुजन मुखिया रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले ना.१२ प ४९७१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पेस्तोलसहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । रातोपाटी संवाददाता

 

प्रतिक्रिया दिनुहोस्: