Loktantra Khabar National Weekly
Ad

अभिनेत्री रकुलप्रीतले गरिन् बिहे

लोकतन्त्र खबर
१० फाल्गुन २०८०

बलिउड अभिनेत्री रकुलप्रीत सिंह विवाह गरेकी छन्। उनले निर्माता ज्याकी भगनानीसँग विवाह गरेकी हुन्।

भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार उनीहरूले बुधबार गोवामा विवाह गरेका हुन्। उनीहरूको विवाह समारोहमा परिवारका सदस्य र नजिकका साथीभाइ मात्र सहभागी थिए। रकुलले आफ्नो विवाहमा तरूण तहिलियानीले डिजाइन गरेको लेहेंगा लगाएकी थिइन्।

रकुल र ज्याकी करिब दुई वर्षदेखि प्रेम सम्बन्धमा छन्।

रकुलले सन् २००९ मा कन्नड फिल्म ‘गिली’ बाट अभियनमा डेब्यू गरेकी थिइन्। उनले सन् २०१४ मा ‘यारियाँ’ बाट बलिउडमा डेब्यू गरेकी थिइन्।

ज्याकीले ‘कठपुतली, गणपत, मिसन रानीगन्ज, बडे मिया छोटे मिया’ लगायत फिल्म निर्माण गरेका छन्। सेतोपाटी

 

प्रतिक्रिया दिनुहोस्: