Loktantra Khabar National Weekly
Ad

रास्वपाको २१ सदस्य निर्वाचन सम्पादन समिति गठन, निर्देशन बमोजिम काम नगरे कारवाही हुने चेतावनी

लोकतन्त्र खबर
२३ माघ २०८२

गणेश राय–
जनकपुरधाम २३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीले २१ सदस्य निर्वाचन सम्पादन मधेश प्रदेश समिति गठन गरेको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन सफलताका साथ सम्पन्न गर्न र पार्टीका उम्मेदवारहरुलाई जित हासिल गराउने उदेश्यका साथ रास्वपाले निर्वाचन सम्पादन प्रदेश समिति गठन गरेको हो ।

 

पार्टीको संघिय निर्वाचन सम्पादन समितिले आसन्न चुनाबलाई मध्ये नजरगर्दै रास्वपाको उमेदवारलाई विजयी गराउने हिसाबले काम गर्न यो समिति गठन गरेको पार्टीका मधेश प्रदेशका कोषाध्यक्ष चन्दन साहले जनाएको छ । केन्द्रको निर्देशन बमोजिम सम्पूर्ण प्रदेश समिति र प्रदेश विभाग पदाधिकारी लगायत सदस्यहरुलाई सम्बन्धित आफ्नो क्षेत्रको उम्मेदवारलाई सहयोग गरि अभियानमा सहयोग गर्न निर्देशन भएको प्रदेश कोषाध्यक्ष साहको भनाई छ ।

मधेश प्रदेशका ८ वटै जिल्लामा पनि यसै बमोजिम जिल्ला भित्र रहेका संगठनलाई परिचालन गरि पार्टीको आन्तरिक प्रक्रियामा आकांक्षी उम्मेदवार हुनु भएका उम्मेदवारहरुलाई अभियानमा जोडिन र आहवान गरेको हो ।

 

मधेश प्रदेशका सबै जिल्ला कमिटिले पनि निर्वाचन सम्पादन समिति २०८२ गठन गरि कार्यविधिको भाग ५.२ लाई आधार कार्य गर्न र गराउन सम्बन्धीत सबै पदाअधिकारीलाई सूचित गरिएको पार्टीले जनाएको छ ।

 

पार्टीमा आवद्ध पदाअधिकारी, कार्यकर्ताले चुनाबमा यसै अनुरुप कार्य गर्नुपर्ने छ । कुनै कसैले पार्टीको आदेश र निर्देशन विपरित कार्य गरेको पाईए यसको जानकारी संघिय, प्रदेश कमिटि वा जिल्ला निर्वाचन कमिटिलाई तत्काल जानकारी गराए त्यस्तो व्यतिm माथि तत्काल कारवाही हुने प्रदेश कोषाअध्यक्ष साहको भनाई छ । पार्टीको केन्द्रिय सचिवालयले २१ सदस्य संघिय निर्वाचन सम्पादन प्रदेश समिति गठन गरेको जनाएको छ ।

 

जसको नाम क्रमश यस प्रकार रहेको छ । रंजित राम–संयोजक रौतहट सम्पर्क नं. ९८५५०४०३३७, डा. जय प्रकाश महतो धनुषा सम्पर्क नं. ९८०१६३५२२७, चन्दन कुमार शाह तेली सर्लाही सम्पर्क नं.

 

९८६१३२४७०६, प्रमोद रायमाझी पर्सा सम्पर्क नं. ९८०१५५७९१८, विनोद यादव बारा सम्पर्क नं. ८५५०४५२४१, देवकुमारी कँडेल पर्सा सम्पर्क नं. ९८५५०५८०९२, सोनेलाल पटेल पर्सा सम्पर्क नं.

 

९८४५०२०३५६, केदार शाह तेली बारा सम्पर्क नं. ९८०६८७८७१२, नरेन्द्र यादव रौतहट सम्पर्क नं. ९८०४२४२०४३, मनोज ठाकुर रौतहट सम्पर्क नं. ९८४५०५८६३८, चन्दनकुमार सिंह सर्लाही सम्पर्क नं.

 

९८४५४५१६०६, शैलेन्द्र शाह सर्लाही ९८५४०३६४३३, ओमप्रकाश यादव महोत्तरी सम्पर्क नं. ९८१२१९६७४१, शेखनेक मोहम्मद महोत्तरी सम्पर्क नं. ९८२४८५४५०९, डा. मनोज रजक धनुषा सम्पर्क नं.

 

९८४४११३५३०, अशोक कुमार यादव धनुषा सम्पर्क नं. ९८१२०१०२१४, महेश पुर्बे धनुषा सम्पर्क नं. ९८४३१२८०९६, डा. दिनेश यादव सिराहा सम्पर्क नं. ९८०४८३०३५८, सन्दीप चौधरी सिराहा सम्पर्क नं.

 

९८१५७९१४०६, हरिनारायण शाह सप्तरी सम्पर्क नं. ९८५१०१२१२३, श्याम सुन्दर यादव सप्तरी रहेको पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: