Loktantra Khabar National Weekly
Ad

रास्वपाका उम्मेदवार चढेको गाडीबाट बालिकाको मृत्यु

लोकतन्त्र खबर
२३ माघ २०८२

रौतहट निर्वाचन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सगिर आलम सवार गाडीको ठक्करबाट एक ४ वर्षीया बालिकाको मृत्यु भएको छ । दुर्घटनापछि उम्मेदवार आलम र गाडी चालक फरार रहेको रौतहट प्रहरीले जनाएको छ । दुर्घटना ईशनाथ नगरपालिका–४ स्थित मठिया टोलमा भएको उम्मेदवार आलम चढेको गाडीले ठक्करबाट बालिका अलसा खातुनको मृत्यु भएको थियो । स्थानीयवासीले जनाए अनुसार सडक छेउमा रहेको बालिकालाई तीव्र गतिमा आएको गाडीले ठक्कर दिएको थियो ।

गम्भीर घाइते भएकी बालिकाको घटनास्थलमै मृत्यु भएको रौतहट प्रहरीले पुष्टि गरेको छ । उनी स्थानीयवासी शेख साजिरकी छोरी रहेको रौतहट प्रहरीले जनाएको छ । स्थानीयवासीले दुर्घटना भएपछि यहाँका वासीहरु थप आक्रोश सिर्जना गरेको छ । रौतहट प्रहरी स्रोतले जनाए अनुसार बा १५ च ४२४४ नम्बरको क्रेटा गाडीले बालिकालाई ठक्कर दिएको छ ।

दुर्घटनापछि गाडीमा सवार रास्वपा उम्मेदवार सगिर आलम र चालक घटनास्थलबाट फरार भएका छन् । रौतहट प्रहरीले दुर्घटनामा संलग्न गाडी नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको र फरार रहेका व्यक्तिहरूको खोजी तीव्र पारिएको जनाइएको छ । घाइते बालिकालाई अस्पताल छाडेर चालक फरार भएका थिए । त्यसपछि बालिका खातुनलाई थप उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो ।

गौरमा चिकित्सकले बालिकालाई मृत घोषणा गरेको रौतहट प्रहरीले जनाएको छ । फरार चालकको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद बस्यालले जानकारी दिए । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए । सौजन्य जनकपुर टुडे

 

प्रतिक्रिया दिनुहोस्: