Loktantra Khabar National Weekly
Ad

सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु, सिरहाका एक युवक पक्राउ

लोकतन्त्र खबर
२३ माघ २०८२

सर्लाही – भद्रपुर नगरपालिका–१० सत्रविघेमा सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बिहीबार साँझ अज्ञात व्यक्तिको आक्रमणबाट सोही स्थानका बासिन्दा खेम ढकालको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार आक्रमणबाट गम्भीर घाइते भएका उनको अस्पताल पुर्याउने क्रममा बाटोमा मृत्यु भएको हो । आक्रमणमा संलग्न भएको आशंकामा प्रहरीले सिरहाका २६ वर्षीय दीपेश कुमार सिंहलाई पक्राउ गरेको छ । सौजन्य धड्कन एफ.एम.

प्रतिक्रिया दिनुहोस्: