Loktantra Khabar National Weekly
Ad

जनकपुरधाम मा पनि ग्यासको आभाव

लोकतन्त्र खबर
२२ माघ २०८२

आसन्न प्रतिनिधि सभाको निर्वाचन नजिकदैं जाँदा देशका विभिन्न स्थानसहित जनकपुरधाममा समेत खाना पकाउने (एलपीजी) ग्यासको आभाव देखिएको छ । अहिले प्रत्येक विक्रेता कहाँ ३÷४ दिन पर्खिनुपर्ने अवस्था श्रृजना भएको छ । मनोज, नोबेल र सुपर लगायत करीब एक दर्जन कम्पनीका एलपीजी ग्यास बिक्रि वितरण भइरहेका छन् । प्रत्येक विक्रेता कहाँ अहिले ग्यासको आभाव देखिएको छ । उपभोक्ताहरुले रकम जम्मा गरेको तीन÷चार दिनसम्म पर्खिनुपर्ने अवस्था रहेको छ । जनकपुरधाम उपमहानगरपालिका ४ का उपभोक्ता दिनेश यादवले भने आफू मनोज ग्यास प्रयोग गर्दै आएका छौं । ग्यासका लागि पैसा जम्मा गरेको दुई दिन भइसक्यो अहिलेसम्म ग्यास पाएको छैन । शायद भोलीसम्म दिने हो । यस्तै जनकपुरधाम १४ का विकास साहले भने ग्यासका लागि दुई दिनदेखि विक्रेता कहाँ गइरहेका छौं । तर अहिलेसम्म नआएको भनी फर्काउने गरेको छ । उनले पनि भोलीको नाम भनेको उपलब्ध गराई दिनेछ ।

ग्यासको अभावका बारेमा एलपीजी ग्यास धनुषाका अध्यक्ष फुलदेव पण्डितले भने अहिले जनकपुरधाममा मात्रै होइन देशैभरि आभाव रहेको छ । उनले भने ‘ग्यास आउने मार्ग भारतमै सडक सम्बन्धी कुनै कार्य भइरहेकाले ढिलो गरी ग्यासको ट्यांकर पुग्ने गरेकाले ग्यासको आभाव हुँदा कम्पनीले नै कोटामा कटौती गरिदिएको छ । मासिक एक हजार सिलिण्डर लिने बिक्रेताले करीब दुई तिहाई ६÷७ सय सिलिण्डर मात्रै उपलब्ध गराउने गरेकाले समस्या भएको हो । केही दिनपछि यो समस्या समाधान हुनेछ । यसैबीच नेपाल आयल निगमलाई मन्त्रालयले अभाव नगराउन निर्देशन दिएको छ । निगमले जाडो याममा अलीअली नपुग भएको जस्तो देखिए पनि अभाव हुन दिन्नौं भनिसकेको छ’, मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले भने । यता नेपाल आयल निगम निर्वाचनका कारणले नै ग्यास नभएको बताउँछन् ।

निगमका उपकार्यकारी निर्देशक नागेन्द्र साह नेपालको निर्वाचनलगायत आन्तरिक कारणभन्दा रिफाइनरी तथा बोटलिङ प्लान्टको नियमित मर्मतका कारण अहिले उपत्यकामा ग्यास अभाव देखिएको बताउँछन् । नेपालमा मथुरा, बरौनी, हल्दिया, कर्नाल र पारादिपबाट ग्यास आयात हुने गरेको छ । ५८ उद्योगले भारतबाट आयातित एलपीजी नेपालमा वितरण गर्छन् । ‘जनकपुरधामंबाट सबैभन्दा नजिकको रिफाइनरी स्टेसन बरौनी हो, त्यहाँको नियमित मर्मतका कारण भारतको उडिसाको पारादिपबाट ग्यास ल्याउनुपर्ने भयो । त्यहाँबाट ग्यास बुलेटलाई जनकपुरधाम वा ग्यास कम्पनीसम्म आउन ७ देखि १० दिन लाग्ने गरेको ढिलाई हुने गरेको छ ।

भारतीय आयल निगमका विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट ग्यास आयातका लागि देशैभरिका उद्योगीहरूलाई निगमले मासिक रूपमा उपलब्ध गराउने परिमाण ४९ हजार ५ सय मेट्रिकटन रहेको छ । सन् २०२५ को नोभेम्बरमा ४७ हजार २ सय ६४ मेट्रिकटन, डिसेम्बरमा ४८ हजार ५ सय ३१ मेट्रिकटन र जनवरी, २०२६ मा ४७ हजार ३ सय ४ मेट्रिकटन ग्यास भारतबाट आयात भएको छ । अहिलेको मासिक खपत करिब ४६ हजार मेट्रिकटन छ भने दैनिक खपत करिब १५ सय मेट्रिकटन (७०–७५ बुलेट ग्यास) रहेको छ । नेपालमा करिब १ करोड ७० लाख ग्यास सिलिन्डर बिक्री वितरण भइरहेका छन्। आयात र खपतको परिमाणलाई दाँज्दा पनि जाडोयामको माग धान्न पुग्ने परिमाण भएको निगमले जनाएको छ ।

अब मासिक ५१ हजार मेट्रिकटन ग्यास आयात हुने छ। सोहीबमोजिम भारतीय आयल निगमका विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट आयात गर्ने गरी जानकारी गराइसकिएको प्रवक्ता ठाकुरले बताए । बजारमा एलपी ग्यासको हालको अवस्था तथा आसन्न निर्वाचनलाई समेत मध्यनजर गरी फेब्रुअरी महिनाका लागि साविकको परिणाममा दुई हजार मेट्रिक टन थप गरिएको उनको भनाइ छ । आवश्यकता अनुसार मात्र ग्यासको खरिद गर्न एवं ग्यासको अनावश्यक भण्डारण नगर्न समेत निगमले स्पष्ट पारेको छ । सौजन्य जनकपुर टुडे

प्रतिक्रिया दिनुहोस्: