Loktantra Khabar National Weekly
Ad

प्रत्यक्षतर्फको ४० लाख मतपत्र छापियो

लोकतन्त्र खबर
२० माघ २०८२

फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार मतपत्र छपाइ भएको छ । निर्वाचन आयोगका अनुसार ३० जिल्लाको मतपत्र छपाइको काम सकिएको छ । आयोगले जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा मतपत्र छपाइ नियमित रुपमा भइरहेको जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ यसअघि सम्पन्न भइसकेको छ । मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार २०० थान नमूना मतपत्र छपाइ सम्पन्न भइसकेको छ । सौजन्य जनकपुर टुडे

 

प्रतिक्रिया दिनुहोस्: