सर्लाही, पुस २१ । जनता समाजवादी पार्टी (जसपा) नेपाल जिल्ला समिति सर्लाहीले प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत सर्लाही निर्वाचन क्षेत्र नं. ३ बाट नाम सिफारिस गरेकाे छ ।
जिल्ला समिति सर्लाहीको पुस २० गते बसेको बैठकले चार वटै क्षेत्रका उम्मेदवारकाे नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
सिफारिस गरिएका उम्मेदवार मध्ये सर्लाही निर्वाचन क्षेत्र नं. ३ बाट प्रेस मञ्च नेपालका केन्द्रीय कार्यवाहक अध्यक्ष मनोज कुमार यादवलाई प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस गरिएको छ । यादव पार्टी स्थापना काल देखि नै प्रचार–प्रसार, संगठन निर्माण तथा विभिन्न जिम्मेवारी सम्हाल्दै हाल प्रेस मञ्च नेपालका केन्द्रीय कार्यवाहक अध्यक्षका रूपमा सक्रिय रहँदै आएका छन् ।
त्यसैगरी, क्षेत्र नं. ३ बाट रामपृत पासवान, डा. जय प्रकाश यादव (जे.पी. यादव) र विनोद यादवलाई समेत सिफारिस गरिएको छ ।
जिल्ला समितिले सर्लाही निर्वाचन क्षेत्र नं. १ बाट संजय कुमार पासवान, राम विश्वास राय र सुधिर कुमार यादव, क्षेत्र नं. २ बाट भरत चौधरी तथा क्षेत्र नं. ४ बाट रामपृत पासवान र उदयकान्त मिश्रलाई प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस गरेको जनाएको छ ।
जिल्ला समिति सर्लाहीका अध्यक्ष रणधिर कुमार यादवद्वारा हस्ताक्षरित पत्र मार्फत सिफारिस पठाइएको जिल्ला समितिले जनाएको छ ।
जसपा नेपालले “संघीयता, सुशासन, सामाजिक न्याय र समाजवाद” को मूल नारासहित आगामी निर्वाचनका लागि संगठनात्मक तयारीलाई तीव्र बनाउँदै लगेकाे छ।
प्रतिक्रिया दिनुहोस्:

