वीरगञ्ज । नेपाली बजारमा मङ्गलवार पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलाको ३ हजार १०० रुपैयाँले बढेर २ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सोमबार सुन तोलाको २ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन सोमबार तोलाको ४ हजार ६८५ रुपैयाँमा कारोबार भएको चाँदी मङ्गलवार बढेर ४ हजार ८८० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार मङ्गलवार प्रति १० ग्राम सुनको मूल्य २ लाख २९ हजार ८५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार १८४ रुपैयाँमा कारोबार भइरहेको छ । सौजन्य यात्रा डेली
प्रतिक्रिया दिनुहोस्:

