लोकतन्त्र समाचारदाता–
सर्लाही २० मंसिर । राजश्री सेविग्स एण्ड क्रेडिट को–आपरेटिभ सोसाईटी लिमिटेड सर्लाहीको २५ औं बार्षिक साधारण सभाको अवसरमा संस्थाका कर्मचारी फिल्ड कार्यकर्ता ७ करोड ९६ लाख ९६ हजार बढि निक्षेप संकलन गरेर मलंगवा सेवा केन्द्रका खुशिलाल राय देश भरिमा दोस्रो स्थान प्राप्त गरेको छ, भने सेवा केन्द्र मलंगवाबाट प्रथम स्थान प्राप्त गर्न सफल भएको हो ।
त्यस्तै मलंगवा सेवा केन्द्रबाट ५ करोड ८० लाख बढि निक्षेप संकलन गरेर शतिश कुमार मलिक दोस्रो स्थान प्राप्त गरेको छ । त्यस्तै ४ करोड ६९ लाख बढि रकम संकलन गरेर मलंगवा सेवा केन्द्रका कर्मचारी फिल्ड कार्यकर्ता सन्तोष कुमार साहले तेस्रो स्थान प्राप्त गरेका हुन् ।
उत्कृष्ट संकलनका लागि तिनै जनालाई संस्थाका अध्यक्ष नागेन्द्र प्रसाद यादवले कदर–पत्र तथा पुरस्कारबाट सम्मानित गरेका थिए । आउने दिनमा अझ राम्रो गर्नका लागि पुरस्कृत सबैलाई प्रदेश सभा सदस्य तथा पुर्व अर्थ मन्त्री यादवले हौसला बढाउदै बधाई र शुभकामना व्यतm गरेका थिए ।

