Loktantra Khabar National Weekly
Ad

८ लाख ३७ हजार ९४ जना नयाँ मतदाता थपिए

लोकतन्त्र खबर
७ मंसिर २०८२

सर्लाही – जेनजी आन्दोलनपछि प्रतिनिधि सभा विघटन भई निर्वाचन घोषणा भएपछि देशभर नयाँ मतदाता दर्तामा उल्लेख्य वृद्धि भएको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार ९ असोज देखि ५ मंसिरसम्म खुला गरिएको मतदाता नामावली संकलनमा जम्मा ८ लाख ३७ हजार ९४ जना नयाँ मतदाता थपिएका छन्। आयोगले जारी गरेको तथ्यांक अनुसार पुरुष ४ लाख ७३ हजार ३४५, महिला ३ लाख ६३ हजार ७७८ र अन्य ६१ जना नयाँ मतदाता सूचीमा समावेश भएका छन्। तीमध्ये ३ लाख ४४ हजार ९१४ मतदाता नियमित प्रक्रियाबाट र ४ लाख ९२ हजार १८० जनाले राष्ट्रिय परिचयपत्रको बायोमेट्रिक विवरणमार्फत नाम दर्ता गराएका छन्। यसअघि १६ कात्तिकसम्म एक करोड ८१ लाख ६८ हजार २३० मतदाता थिए । सौजन्य धड्कन एफ.एम.

प्रतिक्रिया दिनुहोस्: